काठमाडौं । सरकारको विरोध गर्दै आवाज उठाएपछि मंगलबार जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित मन्त्रीहरू सहभागी कार्यक्रममा विरोध जनाएपछि खड्कालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।
सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाका लागि केही नगरेको भन्दै खड्काले कार्यक्रममा आवाज उठाएका थिए । आफूलाई बोल्न दिनुपर्ने माग गर्दै विरोध जनाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
खड्का जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । सरकारले आन्दोलनका घाइते तथा प्रभावितका सवालमा प्रभावकारी काम नगरेको भन्दै उनले कार्यक्रममा विरोध जनाएका थिए।



