Oct 29 2026 | २०८३ कार्तिक १३ गते

युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : रवि लामिछाने

युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : रवि लामिछाने

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट ‘अस्वीकृति पत्र’ भएको बताएका छन्।

    भदौ २३ र २४ गतेको ऐतिहासिक आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै सभापति लामिछानेले उक्त आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरण भएको उल्लेख गरेका हुन्।

    images

    आन्दोलनका क्रममा जीवन गुमाउने अमर सहिदहरू तथा कर्तव्य पालनका क्रममा ज्यान गुमाउने प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, ‘परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो । भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्।’

    राज्यले आन्दोलनका घाइतेहरूको पूर्ण उपचार, दीर्घकालीन पुनर्स्थापना र सहिद परिवारको उचित हेरचाहको दायित्व पूरा गर्ने विश्वाससमेत उनले दिलाएका छन्।

    राजनीतिमा हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज आफूहरूलाई उभ्याएको लामिछानेले बताएका छन्। नागरिक समाज र आम जनसमुदायलाई रचनात्मक खबरदारी जारी राख्न अपिल गर्दै उनले भने, ‘हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस् । तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ।’

    नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध हुन आह्वान गर्दै उनले आन्दोलनले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।

    794790845_1057048087301037_1175218638557910777_n798771579_1374232748241417_2937361464908336490_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार