Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रसुवाका बाढीप्रभावितका लागि नाइमाले दियो ५० लाख रुपैयाँ सहयोग

रसुवाका बाढीप्रभावितका लागि नाइमाले दियो ५० लाख रुपैयाँ सहयोग

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

    नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो सहयोग रकम हस्तान्तरण गरेको हो।

    images

    हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इन्क (बीवाईडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी ‘डिजिटल’ का तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो।

    सहयोग रकम हस्तान्तरण गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन्। नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग उपलब्ध गराइएको उनले जानकारी दिइन्।

    संकट र विपद्का समयमा नाइमा सधैँ सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन्, ‘यो केवल आर्थिक सहयोग मात्र होइन । कठिन समयमा हामी प्रभावित समुदायसँगै छौँ भन्ने ऐक्यबद्धताको सन्देश पनि हो।’

    सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नाइमाको यस कदमको प्रशंसा गरे। विपद्को यस्तो संवेदनशील र कठिन घडीमा प्राप्त सहयोग अत्यन्त मूल्यवान् रहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार