काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको हो।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो।
त्यस्तै, मंगलबार सुन प्रतिदश ग्राम २ लाख ६१ हजार ८ सय ३० रुपैयाँ पुगेको छ । सोमबार प्रतिदश ग्राम २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ थियो । चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो।
मंगलबार चाँदी प्रतिदश ग्राम ४ हजार १ सय ७ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ थियो।



