Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कृष्णभीर पहिरोको प्रभाव : चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिर)

कृष्णभीर पहिरोको प्रभाव : चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिर)

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरुद्ध छ । राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ।

    Gas Crisis--20

    images

    खाद्यान्नको आयातमा भएको असन्तुलनको असर तत्काल नदेखिए पनि पहिल्यैदेखि रहँदै आएको खाना पकाउने ग्यासको अभाव झनै चुलिएको छ । सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकातर्फ आउँदै गरेका खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका कतिपय सवारी साधन बाटोमै रोकिएका छन्।

    Gas Crisis--21

    सडक अवरुद्ध भएपछि काठमाडौँका विभिन्न ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढ्न थालेको छ । नयाँ सडकस्थित धर्मपथ क्षेत्रमा समेत खाना पकाउने ग्यास लिन सर्वसाधारणको भीड लागेको छ । काठमाडौँ र आसपास रिफिल हुने गरी आयात हुने बुलेट आउन सकेका छैनन् । ग्यास अभाव काठमाडौँको मात्र समस्या होइन, प्रमुख सहरका ग्यास डिलरकहाँ अझै पनि लाइन घटेको छैन। 

    Gas Crisis--22

    राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक तत्काल सञ्चालनमा आउन नसके काठमाडौँ उपत्यकामा ग्यास लगायत अत्यावश्यक वस्तुको आपूर्तिमा थप समस्या उत्पन्न हुनसक्ने जोखिम देखिएको छ।

    Gas Crisis--23

    ग्यासको मूल्य बढेको छ, माग पनि बढेको छ तर उपभोक्ताले बढी मूल्य तिर्न तयार हुँदासमेत सहजै ग्यास पाउने अवस्था छैन । कति उपभोक्ता मध्यरातमा लाइन लाग्न पुगेको पनि भेटिन्छ । जनजीवन असहज बनिरहँदा पनि सरकारले गम्भीर ढङ्गले यो समस्यालाई नलिँदा दुई महिनादेखि चोक चोकमा लामो लाइन देखिएका छन्। तस्बिर : नेपाल फोटो लाइब्रेरी

    Gas Crisis--25Gas Crisis--26Gas Crisis--27Gas Crisis--28Gas Crisis--30Gas Crisis--32Gas Crisis--33Gas Crisis--35

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार