Oct 29 2026 | २०८३ कार्तिक १३ गते

गत साता ५ दिनमा २४ हजार ८ सय बढेको सुनको मूल्य हिजो र आज लगातार गिरावट

गत साता ५ दिनमा २४ हजार ८ सय बढेको सुनको मूल्य हिजो र आज लगातार गिरावट

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । हिजो तोलामा ३ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको छ।

    सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ९ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको ३ लाख ३ लाख १ सय थियो।

    images

    गएको शुक्रबार भने सुनको भाउ तोलामा २ हजार ५ सय  र बिहहीबार ७ हजार रुपैयाँ बढेको थियो।

    त्यसअघिका पाँच दिनमा सुनको भाउ तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको थियो।

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ६ सय ९० रुपैयाँमा झरेको छ।

    हिजो चाँदीको भाउ ४ हजार ७ सय २५ रुपैयाँ थियो।

    गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार