Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भोटेकोशी बाढीपीडित मृतकका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार दिने

भोटेकोशी बाढीपीडित मृतकका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार दिने

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार   उपलब्ध गराउन थालेको छ।

    नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर उक्त रकम उपलब्ध गराएका हुन्।

    images

    भोटेकोशीको बाढीमा ३८ जना नगरवासी परेको प्रारम्भिक विवरण रहेको छ । तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ, भने केही अझै सम्पर्कविहीन भएको जनाइएको छ । केही परिवारले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै अन्तिम काजकिरिया सुरु गरेका छन्।

    नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार