Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राप्रपाका महामन्त्री पाठकले त्यागे पदसहित पार्टी सदस्यता

राप्रपाका महामन्त्री पाठकले त्यागे पदसहित पार्टी सदस्यता

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारी परित्याग गरेको घोषणा गरेका छन्।

    पाठकले आइतबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै महामन्त्रीलगायत पार्टीका सबै पद र पार्टी सदस्यसमेत नरहने घोषणा गरेका हुन्।

    images

    उनी करिब चार वर्ष अघिबाट महामन्त्रीको जिम्मेवारीमा रहेका थिए। ‘पार्टीको विचारधारा र व्यवहारबिच चरम विरोधाभास कायमै रह्यो । ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठुलो अभाव देखियो’, पाठकले भनेका छन्।

    पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाँगिँदो रहेको पनि पाठकले बताएका छन् । जसले गर्दा नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवाहरूलाई छिटपुट अपवादबाहेक आकर्षित गर्नै नसक्ने स्थिति रहेको उनको आरोप छ।

    ‘म लगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना देखिँदैन। यसमा मेरा आफ्ना कमजोरीहरू पनि होलान्’, पाठकले भनेका छन्,‘त्यति भन्दै गर्दा राप्रपाको विभिन्न, खासगरी तल्ला तहहरूमा रहेका पार्टीका अनगिन्ती नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता अतुलनीय र प्रेरणादायी छ। उहाँहरूप्रति म सदा नतमस्तक रहनेछु।’ पाठक रविन्द्र मिश्रसँगै राप्रपा प्रवेश गरेका थिए। तर मिश्रले पनि गत निर्वाचन लगत्तै पार्टी छाेडेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार