Oct 29 2026 | २०८३ कार्तिक १३ गते

मध्यराति क्यासिनोबाट पक्राउ परेका इन्सपेक्टर पौडेल ‘मधेसकै उत्कृष्ट प्रहरी’

मध्यराति क्यासिनोबाट पक्राउ परेका इन्सपेक्टर पौडेल ‘मधेसकै उत्कृष्ट प्रहरी’

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं । गत निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै मधेस प्रदेश प्रहरी कार्यालयबाट सम्मानित प्रहरी नै मध्यराति क्यासिनोबाट पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार राति साढे १० बजेतिर वीरगन्ज महानगरपालिका-१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा जुवा खेलाइरहेको अवस्थामा अन्य ७ जनासँगै जिल्लाको पोखरियास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप पौडेललाई पनि नियन्त्रणमा लिएको हो।

    images

    प्रहरी निरीक्षक पौडेललाई गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले सम्मान गरेको थियो।

    यसरी उत्कृष्ट भनिएको प्रहरी पक्राउ परेपछि व्यापक चर्चा भइरहेको हो। उनीसँगै सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई पनि प्रहरीले पक्रेको छ।

    ‘गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित पक्राउ गरिएका सबै ८ जना हाल हिरासतमा छन्’, जिल्ला प्रहरी कार्यालय पर्साका अर्का डीएसपी राजु कार्कीले नेपालखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौँ।’

    प्रहरी निरीक्षक पौडेलको घर स्याङ्जाको हरिनास गाउँपालिका-७ हो। उनीहरूसँगै क्यासिनोबाट प्रहरीले सखुवाप्रसौनी गाउँपालिका-६ का वर्ष ३० का चन्दन सहनी, वीरगन्ज-११ का ३९ वर्षीय ओमप्रकाश बैठालाई पक्राउ गरेको छ।

    पक्राउ गरिएका अन्यमा क्यासिनोका कर्मचारीहरू वीरगन्ज-१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगन्ज-२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका-५ घर भई हाल उक्त क्यासिनोमा काम गर्ने वर्ष ४९ का जयदेव साह र वीरगन्ज-१२ बस्ने वर्ष ५० का प्रदेशी साह छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार