काठमाडौं । 'हल्का रमाइलो’ र ‘जुठे’ टिभी श्रंखलाका कलाकार बल्छी धुर्बेले प्रहरी र उद्वारकर्तासँगै मिलेर बेत्रावतीमा शनिबार एक जना ६० वर्षिया वृद्धा चन्डिका श्रेष्ठको उद्वार गरेका छन्।
![]()
भोटेकोशी बाढी प्रभावितलाई राहत बाँड्न बेत्रावतीको स्वाँरा सेन्टरमा पुगेका बल्छी धुर्बेसहितको टोलिले घर भित्र मान्छे छ भन्ने सूचना पाएपछी प्रहरी र उद्वारकर्तासँगै बेल्चाले लेदो फाल्ने क्रममा ती वृद्धाको उद्धार गरेको हो। राहत वितरणसँगै बल्छी धुर्बे, पुजना घिमिरे, सुरज चापागाईं (बान्द्रे) र रुक्मिला अधिकारी (साउनी) सहितको टोली बाढीबाट पुरिएकाको उद्वारमा शनिबार दिनैभरी सक्रिय देखिए।
उद्वार गरिएकी ती वृद्धालाई कलाकार पुजना घिमिरे 'पुकु'को पछ्यौरा र रुक्मिला अधिकारी 'साहुनी' को सर्ट दिइएको थियो । यतिबेला बल्छी धुर्बेसहित टिभी श्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ को कलाकार टोली भोटेकोशी बाढी प्रभावितलाई राहत बाँड्न नुवाकोट र रसुवामा ब्यस्त छन्।
ती वृद्धालाई ११ दिनपछि बाढीसँगै बगेको घरबाट पुरिएको अवस्थामा उद्वार गरिएको थियो।
![]()



