Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सिग्नलमा समस्या आएपछि हङकङको उच्चगति रेल सेवा प्रभावित

सिग्नलमा समस्या आएपछि हङकङको उच्चगति रेल सेवा प्रभावित

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । हङकङमा आइतबार बिहान सिग्नलमा समस्या आएपछि उत्तरतर्फ जाने उच्चगति रेल सेवा ४५ मिनेट प्रभावित भएका छन्। यसको प्रभावका कारण कम्तीमा १५ वटा सीमापार रेल सेवाले ढिलाइको सामना गर्नुपरेको छ।

    ग्वाङ्झाउ-शेन्जेन-हङकङ एक्सप्रेस रेल लिंकको पश्चिम काउलुन टर्मिनसमा उच्च गतिको रेल सेवाका सिग्नलमा समस्या देखिएको हो।

    images

    आइतबार बिहान साढे ८ बजे देखिएको समस्या पौने १ घण्टापश्चात् बिहान सवा ९ बजे  समाधान भएको थियो। सिग्नल समस्याका कारण  यातायात विभागले वेस्ट काउलुन टर्मिनसबाट उत्तरतर्फ जाने कम्तीमा १५ वटा रेलले ढिलाइ सामना गर्नुपरेको यातायात विभागले जनाएको छ।

    सेवा प्रभावित भएपछि केही यात्रुले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म रेडनोटमा असन्तुष्टि जनाएका थिए। विभागले यस्ता समस्यामा विभागको रेल सेवासम्बन्धी एप १२३०६ बाट आधिकारिक विवरण लिन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार