Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भोटेकोसी बाढी अपडेट: ४ हजार ९९६ व्यक्ति बेपत्ता, १३ हजार १०४ जनाको उद्धार (सूची)

भोटेकोसी बाढी अपडेट: ४ हजार ९९६ व्यक्ति बेपत्ता, १३ हजार १०४ जनाको उद्धार (सूची)

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट जारी गरेको छ।

    जसअनुसार आज भदौ २१ गते बिहान ११ बजेसम्म बाढीमा परेकामध्ये १ हजार ३ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ। जसमध्ये हालसम्म ९८ शवको मात्र सनाखत भएको छ।

    images

    यसैगरी सम्पर्कविहीनको संख्या ४ हजार ९९६ पुगेको प्राधिकरणले जनाएको छ।

    जसमा रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्म अध्यावधि भएका १ हजार ९ सय ६७ जना नेपाली नागरिक, नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्म अध्यावधिक भएका २ हजार ३ सय ४० जना नेपाली नागरिक छन् भने विदेशी नागरिक ५८९ जना छन्। यस्तै सुरक्षाकर्मी तथा कर्मचारी १०० जना बेपत्ता छन्।

    विपद् प्राधिकरणका अनुसार बाढीमा परी घाइते भएकामध्ये हालसम्म ६ हजार ७५ जनाको उपचार गरिएको छ।

    रसुवा, नुवाकोट, धादिङ र काठमाडौँमा गरी ३९ वटा होल्डिङ सेन्टरमा हालसम्म ३ हजार ६ सय ५२ बाढीपीडितले आश्रय लिइरहेका छन्।

    यस्तै हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ।

    थप विवरण तल



    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार