Oct 29 2026 | २०८३ कार्तिक १३ गते

त्रिशूलीमा १२ औँ दिनमा भेटिएको शव ट्याटुबाट पहिचान

त्रिशूलीमा १२ औँ दिनमा भेटिएको शव ट्याटुबाट पहिचान

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारबाट प्रहरीले घरमा पुरिएको अवस्थामा एउटा शव निकालेको छ।

    भोटेकोशी विपद्को १२ औँ दिनमा भेटिएको शव करिब ४५ वर्षीय राजेश जोशीको पुष्टि भएको छ । शवको सनाखत भएको नुवाकोटका एसपी विपिन रेग्मीले रातोपाटीलाई बताए।

    images

    विदुरबाट पारिपट्टिको क्षेत्रमा डीएसपी हिरेन्द्र रोकाया नेतृत्वको टोलीले खोज तथा उद्धार कार्य गरिरहेका छन् । दायाँ हातमा लेखिएको ट्याटुबाट मृतकको  पहिचान खुलेको हो । उनले नाडीमा आफ्नी पत्नीको नाम दीपिका लेखेको भेटिएको र त्यसैबाट पहिचान गरिएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्।

    जोशी परिवारका एकै घरका ५ जना सदस्य बाढीमा परेर सम्पर्क विहीन भएका थिए । त्रिशूलीमा भेटिएको अर्को शवको पनि पहिचान खुलेको छ । सोही ठाउँमा घरभित्र मृत अवस्थामा भेटिएकी सरिता जोशीको पनि पहिचान खुलेको एसपी रेग्मीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार