काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार १ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तथा १० ग्रामको २ लाख ६० हजार ८ सय ९० रुपैयाँ कायम भएको छ । गत शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ५ सय ४५ रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको हो।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५० रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार १० ग्राम चाँदीको मूल्य ४ हजार ८५ रुपैयाँ थियो।



