Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुदूरपश्चिममा अविरल वर्षा, पहाडी क्षेत्रमा पहिरोको जोखिम

सुदूरपश्चिममा अविरल वर्षा, पहाडी क्षेत्रमा पहिरोको जोखिम

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा आइतबार वर्षा भइरहेको छ। प्रदेशका नौवटै जिल्लामा अविरल वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    प्रदेशको तराईका धनगढी, अत्तरिया, महेन्द्रनगरलगायतका क्षेत्रमा वर्षा भइरहेको छ भने पहाडी जिल्लामा पनि वर्षा जारी छ। लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र बाढीको जोखिम बढेको छ।

    images

    बाजुरामा अविरल वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। वर्षासँगै आएको पहिरोले केही स्थानमा घरमा समेत क्षति पुगेको छ।

    वर्षाका कारण तराईका नदी तथा तटीय क्षेत्रमा बाढीको जोखिम र पहाडी क्षेत्रमा पहिरो तथा बाढीको जोखिम रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

    जिल्ला प्रशासन कार्यालयहरूले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।

    लगातारको वर्षाका कारण सडक तथा यातायात सेवा प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन पनि सम्बन्धित निकायले अनुरोध गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार