Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

मलेसियाको उद्धार टोली आज नेपाल आउने

मलेसियाको उद्धार टोली आज नेपाल आउने

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग गर्न मलेसियाको विशेष विपद् व्यवस्थापन तथा उद्धार टोली आज शनिबार नेपाल आउने भएको छ।

    नेपालमा भोटेकोशी बाढीप्रभावित क्षेत्रमा ५५ जनाभन्दा बढी मलेसियाली नागरिक सम्पर्कविहीन अवस्थामा छन् । सुरुमा नेपाल सरकारले विदेशी उद्धार टोलीहरू स्वीकार नगर्ने निर्णय गरेको थियो । तर, मलेसियाको विदेश मन्त्रालय र नेपाल सरकारबीच कूटनीतिक वार्तापछि नेपाल सरकारले मलेसियाली उद्धार टोलीलाई नेपाल आउने अनुमति दिएको हो।

    images

    मलेसियाली राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार यो विशेष टोली शनिबार सुबाङ एयर बेसबाट नेपालका लागि प्रस्थान गर्नेछ।

    मलेसियाले नेपालका बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि १० लाख अमेरिकी डलर आर्थिक सहायता दिने घोषणा पनि गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार