Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुरुङबाट उद्धार गरिएका कबीर महर्जन सैनिक अस्पतालको आईसीयूमा भर्ना

सुरुङबाट उद्धार गरिएका कबीर महर्जन सैनिक अस्पतालको आईसीयूमा भर्ना

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ। रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका कबीर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार सुरु गरिएको छ।

    बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका महर्जनलाई घटनास्थलमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत छाउनीस्थित सैनिक अस्पताल ल्याइएको थियो। कबीरको जीवितै उद्धार भएको खबर पाएपछि आफन्तजनहरू सैनिक अस्पताल पुगेका छन्।

    images

    सकुशल उद्धार र उपचारमा खटिने नेपाली सेना, चिकित्सक टोली, आफन्तजन तथा नेपाल सरकारलाई कबीरकी श्रीमती हीराशोभा महर्जनले विशेष धन्यवाद व्यक्त गरेकी छन्। हेलिकप्टरबाट ल्याउँदा सुरुमा कबीरले आफन्तलाई चिन्न नसकेको उनले जानकारी दिएकी छन्। कबीरले सुरुमा आफन्तसँग, ‘म कहाँ छु, मलाई के भएको हो ?’ भनेर सोधेको हीराशोभाले बताएकी छन्।

    दिन(रात नभनी विगत १० दिनदेखि परिवार चिन्ता र पर्खाइमा बसेको हीराशोभाले उल्लेख गरेकी छन् । उद्धार भएको खबर सुन्दा र तस्बिर देख्दा परिवारमा खुसीको आँसु आएको तथा सबै जना निकै भावुक बनेको उनले बताएकी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार