Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रसुवा बाढी : मधेशका ३८ जना सम्पर्कमा आए, दुईजनाको मृत्यु हुँदा १८० सम्पर्कविहीन

रसुवा बाढी : मधेशका ३८ जना सम्पर्कमा आए, दुईजनाको मृत्यु हुँदा १८० सम्पर्कविहीन

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । विनाशकारी बाढीपछिका दिन घर्किँदै जाँदा सम्पर्कविहीनका परिवारमा निराशा बढ्दैगएको छ।यता मधेश प्रदेशका जिल्लाहरूमा आफ्ना आफन्त सम्पर्कविहीन भएको भन्दै आउने क्रम पनि थपिँदै छ।

    मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको विवरण अनुसार बिहान १० बजेसम्म रसुवाको बाढीमा सम्पर्कविहीन भएका भन्दै रिपोर्ट गरिएकाको संख्या २२० पुगेको छ।

    images

    प्रदेश प्रहरी कार्यालयका अनुसार दुई दिन अघिसम्म सम्पर्कविहीन भन्दै रिपोर्ट गरिएकाको संख्या १९५ जना मात्र थियो।

    मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन भन्दै रिपोर्ट गरिएकामध्ये हालसम्म ३८ जना सम्पर्कमा आएका छन्।

    अन्य दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरी र बाराका एक एकजनाको मृत्यु भएको एसएसपी ढकालले बताए । अझै पनि बाढीपछि १८० जना सम्पर्कविहीन रहेका छन्।

    जिल्लागत विवरणअनुसार सबैभन्दा बढी सप्तरीका ५२ जना सम्पर्कविहीन छन् । त्यसमध्ये ३ जना सम्पर्कमा आएका छन् भने १ जनाको मृत्यु भएको छ ।  ४८ जना अझै सम्पर्कविहीन छन्।

    पर्सामा ४६ जनामध्ये ३ जना सम्पर्कमा आएका छन्, भने ४३ जना सम्पर्कविहीन छन्। बारामा ३० जनामध्ये ४ जना सम्पर्कमा आएका, १ जनाको मृत्यु भएको र २५ जना सम्पर्कविहीन छन्।

    यस्तै, रौतहटका २० जनामध्ये ६ जना सम्पर्कमा आएका र १४ जना सम्पर्कविहीन छन् । सर्लाहीका २७ जनामध्ये ६ जना सम्पर्कमा आएका छन् भने २१ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

    महोत्तरीका १७ जनामध्ये ७ जना सम्पर्कमा आएका र १० जना सम्पर्कविहीन छन्। धनुषाका १४ जनामध्ये ७ जना सम्पर्कमा आएका र ७ जना सम्पर्कविहीन रहेको एसएसपी ढकालले बताए । सिरहाका १४ जनामध्ये २ जना सम्पर्कमा आएका छन् भने १२ जना अझै सम्पर्कविहीन छन्।

    उक्त विवरण परिवार तथा आफन्तजनले दिएको निवेदन तथा फोन मार्फत जानकारीको आधारमा प्रहरीले तयार गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार