Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कृष्णभीरमा ट्रयाक खोल्ने काम सुरु, कति दिन लाग्छ टुंगो छैन

कृष्णभीरमा ट्रयाक खोल्ने काम सुरु, कति दिन लाग्छ टुंगो छैन

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा ट्रयाक निर्माणको काम सुरु भएको छ। सडक विभागले आज (शुक्रबार) देखि कृष्णभीरमा ट्याक निर्माण गर्न सुरु गरेको हो।

    विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले ट्रयाक खोल्न सडकको दुवै तर्फबाट पहाड काट्न थालिएको जानकारी दिए।

    images

    ‘बिहानदेखि दुई वटा उपकरणमार्फत दुवैतर्फबाट पहाड काट्ने काम सुरु भइसकेको छ। अहिलेसम्म करिब ५० मिटर ट्रयाक निर्माण सम्पन्न भइसकेको छ,’ पौडेलले नेपालखबरसँग भने, ‘यो मेसिन प्रवेश गर्ने ट्रयाक मात्र हो। सवारी गुड्ने ट्रयाक हैन। काम गर्दै छौँ। अहिले नै कति दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन।’

    गत भदौ १४ गते त्रिशूली नदीको बहावले सडकको जग बगाउँदा १०० मिटर सडक भासिएको थियो। घुमाउरो बनाउनु पर्ने भएकाले २०० मिटरदेखि २५० मिटरसम्म ट्रयाक निर्माण गर्नुपर्ने हुन सक्ने पौडेल बताउँछन्। ५० मिटर खनेपछि चटान पनि भेटिन थालेकाले सोचेको गतिमा काम हुन नसकेको उनको भनाइ छ।

    पृथ्वी राजमार्ग भासिँदा राजधानीको मूख्य लाइफलाइन अवरुद्ध हुन पुगेको छ। जसका कारण काठमाडौँ भित्रिन तथा बाहिरिनका लागि वैकल्पिक सडक मार्ग प्रयोग भइरहेको छ।

    अहिले वैकल्पिक मार्गमा सवारीको चाप बढ्नुका साथै यात्रा अवधि लम्बिन पुगेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार