काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय परिवर्तन गरिएको छ।
शुक्रबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना प्रकाशित गरि समय परिवर्तन गरिएको जनाएको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भदौ २१ गते दिउँसो १ बजे बस्ने भएको छ। यसअघि भदौ २० गते बस्ने तय गरिएको थियो।
कांग्रेस सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको अवलोकनमा गएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक सारिएको हो। बैठकमा भोटेकोसी बाढीले निम्त्याएको विपद्सँगै कांग्रेसको १५औं महाधिवेशनबारे छलफल हुने जनाइएको छ।



