Oct 29 2026 | २०८३ कार्तिक १३ गते

जसले वातावरण बिगार्न भूमिका खेलिरहेका छन्, उनीहरूले क्षतिपूर्ति दिनुपर्छ : केपी ओली

जसले वातावरण बिगार्न भूमिका खेलिरहेका छन्, उनीहरूले क्षतिपूर्ति दिनुपर्छ : केपी ओली

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वव्यापी जलवायु परिवर्तनबारे विश्व मञ्चमा कुरा उठाउनुपर्ने बताएका छन् । भोटेकोशी बाढीले प्रभावित जिल्ला अवलोकन गर्न शुक्रबार नुवाकोट पुगेका ओलीले विश्वको ध्यानाकर्षण गर्नुपर्ने बताएका हुन्।

    नेपालले वातावरण बिगार्न कुनै भूमिका नखेले पनि त्यसका मार खेप्नुपरेकाले क्षतिपूर्ति दाबी गर्नुपर्नेमा उनले जोड दिए।‘जलवायुसम्बन्धी प्रश्न अत्यन्तै गम्भीर प्रश्न हो । यसलाई हामीले संयुक्त राष्ट्रसङ्घ लगायत विभिन्न अन्तर्राष्ट्रिय फोरममा उठाइ आएका छौँ । हामीले वातावरण सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्न सक्नुपर्दछ’, ओलीले भने–‘र,संयुक्त राष्ट्रसङ्घ लगायत साझा मञ्चबाट क्षतिपूर्तिको कुरा गर्नुपर्छ । किनभने हामीले वातावरणीय क्षति गरेका छैनौँ। क्षतिचाहिँ हामीले बेहोर्नुपरेको छ । त्यसकारण यसमा जसले बिगार्न भूमिका खेलिरहेका छन्, उहाँहरूले क्षतिपूर्ति दिनुपर्छ।’

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार