Oct 29 2026 | २०८३ कार्तिक १३ गते

दुई जनाको जीवित उद्धारपछि गृहमन्त्रीले भने, ‘आशाको किरण जीवितै छ’

दुई जनाको जीवित उद्धारपछि गृहमन्त्रीले भने, ‘आशाको किरण जीवितै छ’

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि  गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताएका छन्।

    भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कबीर महर्जनलाई सेना र सशस्त्रका उद्धारकर्मीले १० औँ दिनमा जीवित उद्धार गरेका हुन् । उद्धारपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखका छन्, ‘दुई जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।’

    images

    निरन्तर कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका सेना, प्रहरी, सशस्त्र र केन्द्रीय कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन् ।  टनेल उद्धारमा निरन्तर प्रयास गरेकोमा सांसद सागर ढकाल र श्रीराम न्यौपानेको पनि गृहमन्त्री गुरुङले प्रशंसा गरेका छन् । टनेलमा उद्धार जारी रहेको मन्त्री गुरुङले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार