Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बाढीपीडितको राहतका लागि एनआरएनए एनसीसी युएईद्वारा ११ लाख ३५ हजार सहयोग

बाढीपीडितको राहतका लागि एनआरएनए एनसीसी युएईद्वारा ११ लाख ३५ हजार सहयोग

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ ।

    नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले सङ्कलन गरेको ११ लाख ३५ हजार २४९ रुपैयाँ बाढीपीडितहरूको सहयोगार्थ एनआरएनए आईसीसी सचिव भवानीप्रसाद तिमल्सिना र मध्यपूर्व संयोजक रमेश श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो ।

    images

    उक्त सहयोग रकम नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका अध्यक्ष भीम मल्ल ठकुरी, महासचिव कमल कार्की, उपाध्यक्ष सबिन योञ्जन तामाङ, कोषाध्यक्ष विनोद बस्नेतलगायत सम्पूर्ण कार्यसमितिको उपस्थितिमा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।

    बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनए एनसीसी युएईले सहयोग रकम सङ्कलन गरेको जनाएको छ। सङ्कलित रकम सम्बन्धित पीडितको राहत तथा सहयोगमा उपयोग हुने अध्यक्ष ठकुरीले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार