Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढीपीडितलाई थाइल्यान्डद्वारा नगद र राहत सामग्री सहयोग

बाढीपीडितलाई थाइल्यान्डद्वारा नगद र राहत सामग्री सहयोग

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । नेपालमा हालै आएको विनाशकारी बाढीका पीडितको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट (नगद) र अन्य आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। नेपालको प्राथमिकता र आवश्यकताका आधारमा थाइल्यान्डले सो सहायता प्रदान गरेको हो।

    थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आज प्रधानमन्त्री कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई उक्त सहायता हस्तान्तरण गरेका छन्।

    images

    नेपाल सरकार र नेपाली जनताका तर्फबाट राजदूत ओलीले समयमै पुर्‍याएको मानवीय सहायताका लागि थाइल्यान्ड सरकार तथा त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन्। यो उदार सहयोगले नेपाल र थाइल्यान्डबिचको दीर्घकालीन मित्रता, एकजुटता र घनिष्ठ सम्बन्धलाई झल्काएको उनले बताएका छन्।

    थाइल्यान्ड सरकारले नगद सहयोग नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ। राहत सामग्रीहरू पनि यथाशीघ्र नेपाल पठाउने जनाइएको छ। थाइल्यान्डका प्रधानमन्त्रीले आगामी दिनहरूमा पनि नेपालको आवश्यकताका आधारमा सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार