Oct 29 2026 | २०८३ कार्तिक १३ गते

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ। उनीहरूको १० औँ दिनमा जीवितै उद्धार गरिएको हो।

    उद्धार गरिएका व्यक्तिहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन हुन् । शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए।

    images

    यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो। जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाका उद्धार टोलीले उद्धार कार्य तीव्र पारेका थिए। उद्धार गरिएका दुवैजनालाई उपचारका निम्ति काठमाडौं ल्याउने तयारी गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार