Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढी पीडितका लागि नेपाल दाना उद्योग संघद्वारा सवा तीन करोड रुपैयाँ सहयोग

बाढी पीडितका लागि नेपाल दाना उद्योग संघद्वारा सवा तीन करोड रुपैयाँ सहयोग

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका लागि सवा तीन करोड सहयोग गर्ने भएको छ।

    संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गरेको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा संघ मातहतका सदस्य उद्योगहरूले राहत रकम उपलब्ध गराएको जनाएको छ।

    images

    संघका अनुसार २६ वटा सदस्य उद्योगबाट जम्मा ३ करोड १७ लाख रुपैयाँ राहत रकम सङ्कलन भएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको तथा थप रकम जम्मा हुने कार्यसमेत जारी रहेको संघले जनाएको छ।

    पत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीपहिरोका कारण भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको पुनर्स्थापना तथा राहत वितरण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उद्योगहरूले स्वेच्छिक रूपमा रकम उपलब्ध गराएको उल्लेख छ।

    नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाद्वारा हस्ताक्षरित पत्रमा राहत तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन संघका सदस्य उद्योगहरूको तर्फबाट उक्त सहयोग गरिएको जनाइएको छ।

    2

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार