Oct 29 2026 | २०८३ कार्तिक १३ गते

विनाशकारी बाढी : खोज तथा उद्धारको काममा प्राविधिक शक्ति बढाउन सांसद पुनकाे माग

विनाशकारी बाढी : खोज तथा उद्धारको काममा प्राविधिक शक्ति बढाउन सांसद पुनकाे माग

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले रसुवा बाढीका कारण सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारको काम प्राविधिक स्रोत र शक्ति बढाएर गर्नुपर्ने बताएका छन्।

    बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले आफूले आज बिहानमात्रै प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर तात्कालीन र दीर्घकालीन विषयमा १८ बुँदे सुझाव दिएको बताए।

    images

    ‘सुरुङ र विद्युत् गृहमा फसेकाहरूको खोज, उद्धारका काम चाँडो होस् र राहत वितरण कार्यलाई प्रभावकारी बनाइयोस्’, उनले भने, ‘खासगरी बालबालिका, वृद्धहरू र सुत्केरीलाई प्राथमिकीकरण गरेर । त्यतिमात्र होइन प्रभावित क्षेत्रमा मनोपरामर्श आवश्यक छ।’

    उनले बुबा–आमा दुवै गुमेका बालबालिकालाई कम्तीमा स्नातक तहसम्म सरकारले नि:शुल्क पढाउने व्यवस्था गर्नुपर्ने भन्दै सुरक्षित ठाउँमा आवासको व्यवस्था, स्वास्थ्य खानेपानीको व्यवस्था मिलाउँदै त्रिशूली सभ्यता जोगाउने व्यवस्था गर्नुपर्ने समेत बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार