Oct 29 2026 | २०८३ कार्तिक १३ गते

उद्धार, राहत वितरण र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण गर्न उच्चस्तरीय विशेष समिति गठनको माग

उद्धार, राहत वितरण र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण गर्न उच्चस्तरीय विशेष समिति गठनको माग

बिहिवार, भाद्र १८ २०८३
  • ‍काठमाडौँ। नेपाली कांग्रेसकी सांसद प्रमिला कुमारी गच्छदारले भोटेकोशी बाढीपछिको उद्धार, राहत वितरण, पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण गर्न संसदीय उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेकी छन्।

    बिहीबारकाे प्रतिनिधि सभाको बैठकमा उनले बाढीपीडितहरूको प्रभावकारी उद्धार, राहत वितरण, पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि सांसद गच्छदारले संसदीय उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेकी हुन्।

    images

    भोटेकोसी बाढीका कारण सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारमा सरकारले देखाएको ढिलासुस्ती र अदूरदर्शिता अक्षम्य भएको गच्छदारले बताइन् । उनले नागरिकको ज्यान जोगाउने सवालमा सरकारले देखाएको लाचारीप्रति पनि प्रश्न उठाइन्।

    सांसद गच्छदारले भोटेकोसी सुरुङभित्र श्रमिकहरू फसेको लामो समय हुँदा पनि प्रभावकारी उद्धार हुन नसक्नु दुःखद भएको बताइन्। उनले अन्तर्राष्ट्रिय विज्ञ बोलाउन र जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूलाई अनुमति दिन सरकारले गरेको ढिलाइ केवल सामान्य गल्ती मात्र नभई अक्षम्य विषय भएको दाबी गरिन्।

    ‘यस क्षतिको मूल्य कसले र कसरी चुकाउने ? यो मेरो मात्र होइन, पीडित परिवारको प्रश्न हो,’ उनले भनिन्। सरकारलाई आफ्नो अहम् त्याग्न आग्रह गर्दै उनले सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय सहयोग माग्न ध्यानाकर्षण गराइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार