Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुरुङमा मानिस जीवित छन् कि छैनन्, स्पष्ट पार्न सरकारसँग रास्वपा सांसदको माग

सुरुङमा मानिस जीवित छन् कि छैनन्, स्पष्ट पार्न सरकारसँग रास्वपा सांसदको माग

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्था र उद्धारको प्रगतिबारे संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्।

    images

    निर्माणाधीन जलविद्युत् आयोजनाको टनेल तथा सुरुङमा फसेका नागरिकको सरकारले उद्धार गर्न सक्ने हो वा होइन भन्दै उनले प्रश्न गरे। भविष्यमा हिमताल फुटेर आउने बाढीको क्षति कम गर्न एआई प्रविधिमार्फत जोखिमयुक्त हिमतालको निगरानी गर्नसमेत उनले सरकारको ध्यान खिचेका छन्।

    बैठकमा बोल्दै सांसद बोहराले भने, ‘त्रिशूली-३ एमा खोल्न मिल्ने हो कि होइन? सरकारले सक्ने हो कि होइन? कसको प्रयास लाग्ने हो? त्यो सुरुङमा मान्छे जीवित छन् कि छैनन्? कसले भनिदिने हो खासमा? विदेशी कसैको सहयोग चाहिएर कोही आउने हो कि? सरकारले बताइदिनुपर्‍यो सभामुख महोदय।’

    हिमाली क्षेत्रको जोखिमबारे कुरा उठाउँदै उनले थपे, ‘यस्ता हिमतालहरू नेपालमा धेरै छन्। आगामी दिनमा यस्ता हिमतालहरू नफुट्नका लागि एआईजडित क्यामेराहरू हुन्छन्। एआई आफैँले रिपोर्ट गर्छ। तालमा वा पहाडमा कुनै हलचल भयो भने सूचना दिने खालका क्यामेरा जडान गर्ने हो कि?’

    सम्बोधनका क्रममा उनले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार