काठमाडौँ । प्रतिनिधि सभा बैठककै क्रममा एकाएक ढल्न पुगेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए।
उनी ढलेसँगै संसद् सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ब्लड प्रेसर हाई भएका उनी एकाएक ढल्न पुगेको बताइएको छ।
उनमा सुगरको मात्रा भने कम भएको प्रारम्भिक स्वास्थ्य जाँचका क्रममा देखिएको छ।



