काठमाडौँ। सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोल्दै गर्दा सांसद खड्का आफ्नै कुर्सीमा बसिरहेका एकाएक लडेका थिए । उनी लडेपछि कांग्रेस सांसदहरू उठाउन दौडिएका थिए।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्दाबोल्दै रोकेका थिए । उनको संसद भवनमै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले रातोपाटीलाई बताए।



