Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानको १ करोड ९ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानको १ करोड ९ लाख सहयोग

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ। तिलगंगा आँखा प्रतिष्ठानले विपद् प्रभावित क्षेत्रको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख सहयोग गरेको छ।

    प्रतिष्ठानको तर्फबाट रु १ करोड १ लाख १ र कर्मचारीहरूको एक दिनको पारिश्रमिक बापतको रु ८ लाख ५१ हजार ३५१ गरी कुल रु १ करोड ९ लाख ५१ हजार ३५२ सङ्कलन गरी बिहीबार कोषमा जम्मा गरिएको छ।

    images

    साथै, सोही अवसरमा तिलगंगाको अन्तर्राष्ट्रिय साझेदार संस्था 'द फ्रेड हलोज फाउण्डेसन' अष्ट्रेलियाका तर्फबाट पनि अतिरिक्त रु २१ लाख ८१ हजार २०० सहयोग प्रदान गरिएको छ।

    उक्त सहयोग रकमको चेक तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले संयुक्त रूपमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार