Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अस्ट्रेलियाली सुरुङ उद्धारविज्ञ डिक्स भन्छन्, ‘सुरुङभित्रको उद्धारमा उद्धारकर्मीहरुले सम्भव भएसम्म सबै प्रयास गरेका छन्’

अस्ट्रेलियाली सुरुङ उद्धारविज्ञ डिक्स भन्छन्, ‘सुरुङभित्रको उद्धारमा उद्धारकर्मीहरुले सम्भव भएसम्म सबै प्रयास गरेका छन्’

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ तथा अस्ट्रेलियाली इन्जिनियर प्राध्यापक आर्नोल्ड डिक्सले भदौ १० मा गएको विनाशकारी बाढीमा नेपाली उद्धारकर्ताहरुले सम्भव भएसम्म सबै प्रयास गरेको बताएका छन् ।

    नेपाली उद्धारकर्ताहरुले सुरुङभित्रका कामदारको उद्धारका लागि गरेको प्रयासलाई नजिकबाट नियाली रहेका डिक्सले यस किसिमको विषम परिस्थितिमा उद्धारकर्मीहरुले गरेको प्रयास अभूतपूर्व भएका बताएका हुन् । 

    images

    सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारको उद्धारमा सहयोग गरेका डिक्सले अहिलेको नेपालको परिस्थिति आफूले सामना गरेका सबैभन्दा कठिन परिस्थितिहरु मध्येको एक भएको बताउँदै जलविद्युत् संरचनाहरुमा रहेको ठूलो परिणामको अस्थिर माटो र जमिन मुनि पुरिएका कारण अपेक्षित सफलता हात पर्न नसकेको बताए ।

    काठमाडौं । अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ तथा अस्ट्रेलियाली इन्जिनियर प्राध्यापक आर्नोल्ड डिक्सले भदौ १० मा गएको विनाशकारी बाढीमा नेपाली उद्धारकर्ताहरुले सम्भव भएसम्म सबै प्रयास गरेको बताएका छन् । 

    नेपाली उद्धारकर्ताहरुले सुरुङभित्रका कामदारको उद्धारका लागि गरेको प्रयासलाई नजिकबाट नियाली रहेका डिक्सले यस किसिमको विषम परिस्थितिमा उद्धारकर्मीहरुले गरेको प्रयास अभूतपूर्व भएका बताएका हुन् । 

    सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारको उद्धारमा सहयोग गरेका डिक्सले अहिलेको नेपालको परिस्थिति आफूले सामना गरेका सबैभन्दा कठिन परिस्थितिहरु मध्येको एक भएको बताउँदै जलविद्युत् संरचनाहरुमा रहेको ठूलो परिणामको अस्थिर माटो र जमिन मुनि पुरिएका कारण अपेक्षित सफलता हात पर्न नसकेको बताए । 

    डिक्सले उद्धारकर्मीहरुले विभिन्न विकल्पहरुको प्रयोग गरिसकेकोमा नेपालको भौगोलिक अवस्थाले गर्दा सोचे जति सफलता हात लाग्न नसकेको स्वीकारे । उनले भने, ‘उद्धार टोलीहरूले विभिन्न विकल्पहरूमाथि विचार गरिरहेका छन्, जसमा पावर स्टेसनमाथिको सतहबाट ड्रिलिङ गर्ने तथा च्याम्बर र भेन्टिलेसन मार्गहरू (हावा आवतजावत गर्ने बाटो) मार्फत संरचनासम्म पुग्ने उपायहरू समावेश छन्।’

    उनले ठूला ड्रिलिङ मेसिनहरूले उद्धार कार्यलाई गति दिन सक्ने भए पनि, बाढीले बगाएका सडक र हेलिकप्टरको सीमित क्षमताका कारण हिमालय क्षेत्रमा अवस्थित ती स्थानहरूमा त्यस्ता उपकरणहरू पु¥याउन अत्यन्तै कठिन भएको समेत बताए ।

    डिक्सले अस्थिर भग्नावशेषलाई सावधानीपूर्वक व्यवस्थापन गर्दै टोलीहरूले हातैले खन्ने लगायतका श्रम–प्रधान र परम्परागत विधिहरूमा भर पर्नुपरेको उल्लेख गर्दै उद्धारकर्मीहरु फसेका व्यक्तिहरूसम्म पुग्न सम्भव भएसम्मका सबै उपाय अपनाउन पूर्ण रूपमा प्रतिबद्ध समेत जनाए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार