Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला

रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

    प्रहरीका अनुसार फेला परेका शवमध्ये ४७६ पुरुष, १२६ महिला, ४४ बालिका र ३४ बालक छन्। त्यस्तै ४२८ वटा आंशिक अंग तथा ८२ शवको पहिचान खुल्न बाँकी रहेको छ।

    images

    खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ७ हजार ८९२ जना सुरक्षाकर्मी परिचालन गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, बाटो खुलाउने तथा शव व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ।

    हालसम्म ७८७ शवको व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलन समेत भइरहेको छ। अहिलेसम्म १ हजार ८३ मृतकको डीएनए नमुना र ५९१ जना आफन्तको नमुना संकलन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार