Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अग्रगामी युवा मोर्चाले बाढी पीडितलाई वितरण गर्‍यो राहत सामाग्री

अग्रगामी युवा मोर्चाले बाढी पीडितलाई वितरण गर्‍यो राहत सामाग्री

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । ९ दलीय अग्रगामी मोर्चाको अग्रगामी युवा मोर्चाले बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएपछि अग्रगामी युवा मोर्चाले विभिन्न राहत सामाग्रीहरू लिएर आज नुवाकोटमा वितरण गरेको हो।

    नुवाकोटको विदुर–५ पिपलटार स्थित चन्द्रज्योति माविको होल्डिङ सेन्टरमा राहत सामाग्री वितरण गर्नुका साथै विदुर–४ स्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको राहत सङ्कलन केन्द्रलाई समेत विभिन्न राहत सामाग्रीहरू बुझाइएको आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले जनाएका छन्।

    images

    अतिआवश्यक औषधि, कपडा, दाल चामल, फलफूल, पानी जुश लगायतका विभिन्न सामाग्रीहरू वितरण गरिएको छ। काठमाडौँबाट दुई गाडी विभिन्न समानहरू लिएर अग्रगामी युवा मोर्चाका युवा नेताहरू नुवाकोट पुगेका हुन्।

    आजपाका आइटी आर्मी इन्चार्ज त्रिभुवन साह अमर, विद्यार्थी इन्चार्ज उमेश कुशवाहा, जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता मुकेश यादव, जनमत पार्टीका युवा नेता पोषण यादव, नेपाल सङ्घीय समाजवादी पार्टीका युवा नेता जनक कार्की लगायतका युवा नेताहरू राहतका विभिन्न सामाग्रीहरू लिएर विदुर गएका थिए।

    ‘लताकपड़ा, चामल दाल, फलफूल, आलू प्याज, विभिन्न औषधि, पानी जुस लगायतका दुई गाडी सामग्रीहरू नुवाकोट जिल्लाको विदुर–५, पिपलटारस्थित चन्द्रज्योति माविको होल्डिङ सेन्टरमा वितरण गर्नुको साथै विदुर–४ स्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको सङ्कलन केन्द्रलाई जिम्मा लगाएका छौँ । लाखौँ लागत पर्ने यो सामग्रीहरूले प्रभावित परिवारहरूलाई सानो भए पनि मल्हम लगाउने काम गर्ने छ,’ त्रिभुवन साहले भने।

    गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठुलो रूपमा जनधनको क्षति भएको छ । ९ दलीय अग्रगामी मोर्चा निकटको अग्रगामी युवा मोर्चाले यस्तो सहयोग जारी राख्ने जसपा निकटको युवाका केन्द्रीय अध्यक्ष मनिष यादवले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार