Oct 29 2026 | २०८३ कार्तिक १३ गते

विपद्पछिको व्यवस्थापन मात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गरौँ : सभामुख

विपद्पछिको व्यवस्थापन मात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गरौँ : सभामुख

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले मुलुकमा बारम्बार दोहोरिने प्राकृतिक विपद्को सामना गर्न विपद्पछिको व्यवस्थापन मात्र नभई पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्नेमा बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले भौगोलिक विविधता र जलवायु परिवर्तनका कारण नेपाल विपद्को उच्च जोखिममा रहेको भन्दै राज्यको ध्यान यसतर्फ केन्द्रित हुनुपर्ने बताए।

    सभामुख अर्यालले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । उनले बाढीमा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

    images

    आफ्नो ज्यानको जोखिम मोलेर खोज तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूलाई सभामुखले विशेष धन्यवाद दिए । साथै, सङ्कटको घडीमा प्राविधिक जनशक्ति र राहत सहयोग उपलब्ध गराउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति उनले आभार व्यक्त गरे।

    जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्ने र हिमताल विस्फोटको जोखिम बढेको उल्लेख गर्दै सभामुख अर्यालले यस विषयमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो आवाज बलियो बनाउनुपर्ने बताए । ‘जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो मुद्दा स्थापित गराउनु आवश्यक छ,’ उनले भने।

    सभामुख अर्यालले बाढी प्रभावितहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराए । विशेष गरी महिला र बालबालिकाको सुरक्षा र सेवामा सहज पहुँच सुनिश्चित गर्न उनले निर्देशन दिए।

    उनले राष्ट्रिय शोकको यस घडीमा तीनै तहका सरकार, राजनीतिक दल र नागरिक समाजलाई एकजुट भई विस्थापितहरूको पुनर्स्थापना र घाइतेहरूको उचित उपचारमा जुट्न नेपाल सरकारलाई निर्देश गरे । उनले हिमताल र हिमनदीहरूको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्न समेत सरकारलाई सुझाव दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार