Oct 29 2026 | २०८३ कार्तिक १३ गते

दोलखा कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई आर्थिक सहयोग

दोलखा कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई आर्थिक सहयोग

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । कारागार कार्यालय चरिकोट, दोलखाको बन्दीगृहमा कैद तथा थुनामा रहेका कैदीबन्दीहरूले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।

    बन्दीगृहमा रहेका १४७ जना कैदीबन्दीहरूले एकापसमा रकम संकलन गरी कुल २५ हजार ५ सय ५ रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्।

    images

    रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कैदीबन्दीहरूले आफ्नै पहलमा उक्त रकम जुटाएर कोषमा पठाएका हुन्। विपद्को समयमा कारागारभित्रैबाट ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग गरेर कैदीबन्दीहरूले मानवीय भावना प्रस्तुत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार