Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सरकारले भएका कमजोरीलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षार्थ लाग्नुपर्छ : पराजुली

सरकारले भएका कमजोरीलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षार्थ लाग्नुपर्छ : पराजुली

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकार भएका कमजोरीलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षार्थ लाग्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रसुवा बाढीपछिको उद्धार र राहतमा सरकारले गरिरहेका कामहरूको सन्दर्भमा यस्तो धारणा राखेका हुन्।

    उनले विपद्को समयमा भएका कमजोरीहरूलाई लुकाउन नहुने र भएका प्रयासहरूलाई पनि अवमूल्यन गर्न नहुने बताए।

    images

    सांसद पराजुलीले सरकारले भएका कमजोरीहरूलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षाका लागि थप गम्भीरताका साथ लाग्नुपर्नेमा जोड दिए ।‘विषम परिस्थितिमा आफूसँग भएका स्रोत साधन मात्र परिचालन गरेर आफ्नो जिम्मेवारी पूरा गरेको ठान्नु हुँदैन,’ उनले भने, ‘सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ भन्नेमा म विश्वस्त छु।’

    उनले उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन विषय विज्ञहरूको परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए। ‘आवश्यकता परे विश्वविद्यालय, निजी क्षेत्र, नागरिक समाज र मित्र राष्ट्रहरूसँग भएका विशेषज्ञता र प्रविधि तत्काल परिचालन गर्नुपर्छ,’ पराजुलीले भने।

    प्राकृतिक विपद्को यो घडीमा सबै पक्ष मिलेर नागरिकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने र प्राविधिक रूपमा सक्षम जनशक्तिलाई मैदानमा उतार्नुपर्ने उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार