Oct 29 2026 | २०८३ कार्तिक १३ गते

विपद्को क्षणमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्नु साझा कर्तव्य : आङ्देम्बे

विपद्को क्षणमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्नु साझा कर्तव्य : आङ्देम्बे

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र  पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य भएको बताएका छन्।

    बुधबार प्रतिनिधिसभा बैठकलाई दलका तर्फबाट सम्बोधन गर्दै आङदेम्बेले यस्तो बताएका हुन् । साथै, उनले भोटेकोशी बाढीपछि आफू र आफ्नो दलले प्रभावित क्षेत्र पुगेर स्थलगत अवलोकन गर्नुका साथै प्रधानमन्त्री र सभामुखलाई समेत जानकारी गराउँदै संसद् बैठक बोलाउन आग्रह गरेको बताए।

    images

    ‘विपद्को क्षणमा उद्धार,राहत र पुनर्स्थापनामा जुट्नु सबैको साझा कर्तव्य हो’,आङदेम्बेले भने, ‘नेपाली कांग्रेस सरकारको साथमा छ, विपद्को पीडा भोगिरहेका परिवारको साथमै छौँ।’

    नेता आङदेम्बेले सरकारको साथमा सँगै छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने नभएको बताए।

    ‘राम्रो काम गर्छ साथ समर्थन छ, बाटो बिराउँछ प्रश्न र खबरदारी पनि छ’, उनले बाढी गएको एक साता बित्दा सबै ठिकठाक भन्न नमिल्ने बताए । उनले सरकारलाई कमजोर नभएर प्रभावकारी प्रश्न गर्ने जनाए।

    ‘नागरिकको जीवनसँगको प्रश्नलाई गाली होइन समीक्षाको विषय हो’, उनले सरकारलाई पाँच वटा विषयमा ध्यानाकर्षण गराउँदै खोज तथा उद्धारमा भएको ढिलाइ गम्भीर विषय भएको बताए । उनले उद्धारमा अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ भएको पनि बताए । उनले गृहमन्त्री आफैँ सुरुङ खन्न गएको प्रसङ्ग कोट्याउँदै उनले आफ्नै सदस्य त्यो सुरुङमा परेको भए गृहमन्त्री आफैँ त्यहाँ जानु हुन्थ्यो कि उद्धार टोली खटाउनुहुन्थ्यो भनेर प्रश्न गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार