Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार विभाग

इजरायलमा केयरगिभरका लागि तीन हजार ४६१ जनाको आवेदन सदर

इजरायलमा केयरगिभरका लागि तीन हजार ४६१ जनाको आवेदन सदर

सोमवार, श्रावण २१ २०८१
  • काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूमध्ये तीन हजार ४६१ जनाको आवेदन सदर भएको छ । 

    आवेदन दिएकाहरूमध्ये ३२१ जनाको आवेदन रद्द गरिएको विभागले जनाएको छ । त्यस्तै २४२ जनाको आवेदन कागजात नपुगी फिर्ता पठाइएको छ ।

    images

    केयरगिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये तीन हजार ४६१ जनाको मात्रै आवेदन सदर भएको हो । जसमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला रहेका छन् ।

    इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुई हजार सहायक कामदार (केयरगिभर) माग गरेको थियो । त्यसका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए ।

    विभागले ती आवेदनहरू सदर गरेसँगै इजरायलको सरकारी निकाय पीबालाई नेमचेकका लागि पठाएको छ । पीबाले नेमचेकको नतिजा पठाउनेछ र उसले पठाएको नेमचेकमा पर्ने उम्मेदवारहरूलाई मात्रै इजरायल सरकारको लट्री प्रोग्राममा समावेश गराउने विभागले जनाएको छ ।

    जसमा एक हजार मुख्य उम्मेदवार तथा एक हजार वैकल्पिक उम्मेदवार हुनेछन् । त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदार लैजाने इजरायलको नीति छ ।

    भ्रममा नपर्न र कसैले पैसा लिइरहेको सूचना पाएको खण्डमा विभागमा खबर गर्न समेत अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार