Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सरकारले स्रोत साधन मात्र परिचालन गरेर आफ्नो जिम्मेवारी पूरा गरेको ठान्नु हुँदैन : पराजुली

सरकारले स्रोत साधन मात्र परिचालन गरेर आफ्नो जिम्मेवारी पूरा गरेको ठान्नु हुँदैन : पराजुली

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले राज्यका गरेका अथक प्रयासका सम्मान र तयारीका देखिएका कमजोरीबाट पाठ पनि सिक्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाका आज दलीय आधारमा बोल्दै उनले विपद्‌का समयमा भएका कमजोरी लुकाउन नहुने र भएका प्रयासलाई पनि अवमूल्यन गर्न नहुने स्पष्ट पारेका हुन्।

    सत्तारुढ दलका सांसद पराजुलीले विपद्मा राज्यले आफ्ना सबै संयन्त्र प्रयोग गरिरहेको जानकारी गराए। सांसद पराजुलीले सरकारले उद्धार, राहतसहितका कार्य जनताले थाहा पाउनुपर्ने बताए। 

    images

    पराजुलीले विषम परिस्थितिमा आफूसँग भएका स्रोत साधन मात्र परिचालन गरेर आफ्नो जिम्मेवारी पूरा गरेको ठान्नु नहुने धारणा राखे। जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली देशले यस्ता विपत्ति व्यहोर्नु परेको भन्दै उनले यसबारे विश्वको ध्यानाकर्षण गराउन लागि पर्नुपर्ने बताए। उनले विकासको नयाँ बहस चलाउनुपर्ने आवश्यकता रहेको बताए। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार