काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीले पुर्याएको क्षति तथा सरकारले गरेको उद्धार प्रयास र राहतबारे प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका छन्।
शाहले बुधबारको प्रतिनिधिसभा बैठकमा भोटेकोशी विपत्तिबारे सदनलाई विशेष सम्बोधन गर्दै जानकारी गराएका हुन्। उनले करिब ३० मिनेट गरेको सम्बोधनमा बाढीको सूचना आएदेखि यता सरकारले गरेका काम कारबाहीबारे जानकारी गराएका हुन्। सम्बोधन सके लगत्तै प्रधानमन्त्री शाह संसद् भवनबाट बाहिरिएका छन्।



