Oct 29 2026 | २०८३ कार्तिक १३ गते

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्र गल्छी प्रस्थान

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्र गल्छी प्रस्थान

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न धादिङको गल्छीतर्फ प्रस्थान गरेका छन्।

    बुधबार अध्यक्ष ओलीसँगै एमाले महासचिव शङ्कर पोखरेल, नेताहरू प्रदीप ज्ञवाली, महेश बस्नेत लगायत पनि गल्छीतर्फ प्रस्थान गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

    images

    बाढी प्रभावित क्षेत्रमा एमाले निकट जिफन्ट, अनेरास्ववियु, भूतपूर्व सेना–प्रहरी सङ्गठन, रिटर्नी फेडेरेसन लगायतका स्वयंसेवकहरूको टोली उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रिय रूपमा खटिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार