काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीमा परी मृत्युवरण गरेका नागरिको गाडिएका शव सुरक्षित राख्नका लागि गाडिएको बताएका छन्।
प्रतिनिधि सभामा बुधबार सम्बोधन गर्ने क्रममा उनले ति शवका डिएनए सुरक्षित रहेको र पहिचान गरी परिवार वा आफन्तलाई जिम्मा लगाइने बताएका छन्।
अचानक आएको विपत्तीका कारण अन्तर्राष्ट्रिय सहयोग नलिने कुरा नहुने बताउँदै उनले प्रक्रिया छोटो बनाएर सहज बनाएको पनि दाबी गरे।
‘चीन र भारतले रेकी गरिरहेका थिए, उत्रिन सक्ने अवस्था भएपछि प्राविधिकहरु सक्रिय भएका हुन्’, प्रधानमन्त्री बालेनले भने,‘सुरुदेखि नै प्रदेश र स्थानीय सरकारसँग समन्वय पनि भएको हो।’



