Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राहत कोषमा प्रभु बैंकको २ करोड ११ लाख सहयोग

राहत कोषमा प्रभु बैंकको २ करोड ११ लाख सहयोग

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ ।  प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि दुई करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    यही भदौ १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपुरणीय मानविय तथा भौतिक क्षति पुर्‍याएको छ। 

    images

    बाढीबाट प्रभावित परिवारहरुका लागि सहायतास्वरुप तथा पीडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। 

    उक्त कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो। 

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार