Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढीले बगाएको केरुङ नाकासम्म चीनबाट सडक पुनः सञ्चालन

बाढीले बगाएको केरुङ नाकासम्म चीनबाट सडक पुनः सञ्चालन

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । भोटेकोसी बाढीले बगाएको टिमुरे-केरुङ नाकासम्मको सडक चीनले पुनः सञ्चालनमा ल्याएको छ। 

    चीनले रातदिनको निरन्तर कामपछि सडक पुनः सञ्चालनमा आएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ। भदौ १० गते भोटेकोसीमा आएको बाढीले नेपालको सीमा नाका टिमुरे र चीनतर्फको सीमा नाका केरुङ पोर्ट बगाएको थियो। 

    images

    नेपालतर्फबाट अझै टिमुरे नाकामा पुग्न सकिएको छैन भने चीनले बाढीले बगाएको सडक पुनः सञ्चालनमा ल्याएको हो। चिनियाँ उद्धार टोली केरुङ पोर्टमा पुगेको छ। 

    बुधबार बिहान करिब ८ बजेदेखि सडक सञ्चालनमा आएको सिन्ह्वाले जनाएको छ। सडक सञ्चालनमा आएसँगै उद्धार टोली, राहत सामग्री र केही उद्धार उपकरण मुख्य उद्धार क्षेत्रमा पुगिसकेको सिन्ह्वाले उल्लेख गरेको छ। 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार