Oct 30 2026 | २०८३ कार्तिक १४ गते

पातले वनमा सडक भासिएपछि सुरुङमार्गबाट सवारी साधन पठाइँदै, इन्धन र दुई पाङ्ग्रेलाई एकतर्फी अनुमति

पातले वनमा सडक भासिएपछि सुरुङमार्गबाट सवारी साधन पठाइँदै, इन्धन र दुई पाङ्ग्रेलाई एकतर्फी अनुमति

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा नजिकै पातले वन क्षेत्रमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ। सडक भासिएसँगै उक्त खण्डमा यातायात व्यवस्थापनमा हेरफेर गरिएको छ।

    सडक विभागका अनुसार हाल पेट्रोलियम पदार्थ बोक्ने गाडी तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई मात्र सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ। त्यसबाहेक अन्य सबै सवारी साधनहरूलाई भने नागढुंगा सुरुङमार्ग भएर पठाउने व्यवस्था मिलाइएको छ।

    images

    सडक भासिएको स्थानको निरीक्षणका लागि विभागको प्राविधिक टोली खटिसकेको छ।आवश्यक प्राविधिक अध्ययनपश्चात् सडक मर्मत गरी छिट्टै यातायात पूर्ण रूपमा सुचारु गराइने सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार