Oct 30 2026 | २०८३ कार्तिक १४ गते

पूर्वसांसद साहका ८८ वर्षीय बुबा मृत फेला

पूर्वसांसद साहका ८८ वर्षीय बुबा मृत फेला

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली मृत फेला परेका छन्।

    राजपुर नगरपालिका–५ निवासी ८८ वर्षीय साह बुधबार बिहान आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    images

    जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार घटनाबारे बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय राजपुरमा जानकारी प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए।

    साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार