Oct 30 2026 | २०८३ कार्तिक १४ गते

भोटेकोशी-त्रिशुलीको बाढीबाट मृत्यु हुनेको संख्या १११४ जना पुग्यो

भोटेकोशी-त्रिशुलीको बाढीबाट मृत्यु हुनेको संख्या १११४ जना पुग्यो

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १११४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट १११४ जनाको मृत्यु र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।

    प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९०, तनहुँमा ३८ र चितवनमा ३४८ जना भेटिएका छन्। कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।

    images

    खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।  हालसम्म २७३ जना विदेशी नागरिकको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। यसैगरी हाल होल्डिङ सेन्टरमा ३४५३ जना बसेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार