Oct 30 2026 | २०८३ कार्तिक १४ गते

धादिङका १६ वटा झोलुङ्गे पुल बाढीले बगायो

धादिङका १६ वटा झोलुङ्गे पुल बाढीले बगायो

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीकाले धादिङमा पर्ने त्रिशूली नदी र यसका सहायक खोलाहरूमा रहेका १६ वटा झोलुङ्गे पुलहरू पूर्ण रूपमा ध्वस्त बनाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार भदौ १० गतेको बाढीले जिल्लाको ग्रामीण भेगलाई जोड्ने महत्वपूर्ण पूर्वाधारहरूमा गम्भीर क्षति पुर्‍याएको हो।

    बाढीको वितण्डाले सबैभन्दा बढी गल्छी गाउँपालिकामा ८ वटा, बेनीघाट रोराङ गाउँपालिकामा ६ वटा र गजुरी गाउँपालिकामा २ वटा झोलुङ्गे पुलहरू बगाएको छ । प्रशासनका अनुसार गल्छी र नुवाकोट जोड्ने फोस्रेटार-केउरीनी, जिन्टेटार, कोल्पुखोला, धैरेनी, आमटार, चिरौदी र मासटार क्षेत्रका पुलहरू बाढीले नामनिसान नरहने गरी बगाएको छ । ती पुलहरू बगेसँगै धादिङ र नुवाकोटको सिमाना भएर ओहोरदोहोर गर्ने स्थानीय बासिन्दाको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।

    images

    त्यसैगरी गजुरी गाउँपालिकामा कालिकास्थान-माझिटार जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत त्रिशूली नदीमा रहेका मलिङ्गा-मभिल्ला, चिरौदी-घ्याल्चोक, चौकीटार घाट, तिक्राङ, कोती र धवादी क्षेत्रका झोलुङ्गे पुलहरू पनि बाढीको चपेटामा परेर क्षतिग्रस्त भएका छन् । यीमध्ये धेरैजसो पुलहरूले धादिङलाई छिमेकी जिल्ला गोरखा र गण्डकी गाउँपालिकासँग जोड्ने काम गर्दथे।

    १६ वटा पुल पूर्ण रूपमा बगेको भए तापनि अन्य ७ वटा झोलुङ्गे पुलमा भने आंशिक क्षति पुगेको छ । राजमार्ग सामुदायिक अस्पताल-फिस्टार, बादरे, बाेरे-सिउरेनीटार, भैंसी गौडा, बेलिनटार, भुतिया र बिहानी पम्प-खर्मटार क्षेत्रका पुलहरूमा आंशिक क्षति पुगेको प्रशासनको प्रतिवेदनमा उल्लेख छ । पूर्ण र आंशिक गरी कुल २३ वटा झोलुङ्गे पुलमा क्षति पुग्दा ग्रामीण क्षेत्रको जनजीवन कष्टकर बनेको छ भने बालबालिकाहरूलाई विद्यालय जान र बिरामीहरूलाई अस्पताल पुर्‍याउन समेत कठिनाइ भएको छ।

    झोलुङ्गे पुलसँगै बाढीले ७ वटा पक्की पुलमा पनि पूर्ण क्षति पुर्‍याएको छ । कोल्पुटार, जहरेखेत, घाटबेसी, फुर्केखोला र जिन्टेटार जस्ता रणनीतिक महत्वका पक्की पुलहरू बाढीले बगाएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार